इलाम । प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरणका लागि आउने भएका छन् । आगामी असार २८ गते माई नगरपालिकाका १५२ घरधुरीलाई धनीपुर्जा वितरणका लागि ओली आउने तय भएको भुमि आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
आयोगले यसअघि रोङ गाउँपालिकामा ७३, चुलाचुलीमा ३२ र माङसेबुङमा ११० परिवारलाई पुर्जा वितरण गरिसकेको छ । इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ हजार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।