इलाम – क्यान्सर पिडित अञ्जना राईको उपचारका लागि आर्थिक सहयोग संकलन गरी १ लाख १० हजार ३०६ रुपैयाँ हस्तान्तरण गरिएको छ।
उक्त सहयोग रकम श्याम मगरको नेतृत्वमा संकलन गरिएको हो। विशेषगरी विदेशमा रहेका सहयोगीहरूले यो अभियानमा सक्रिय भूमिका खेलेका थिए। पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडमा उपचाररत राईको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले श्याम मगर तथा राष्ट्रिय भलिबल प्रशिक्षक राजकुमार खातीले संयुक्त रूपमा उक्त रकम अञ्जनालाई हस्तान्तरण गरेका हुन्।
सहयोगीहरूप्रति आभार व्यक्त गर्दै श्याम मगरले भने, “सामूहिक प्रयास र एकता हुँदा कसैको जीवन जोगिन सक्छ भन्ने उदाहरण हो यो अभियान।” भविष्यमा पनि यस्ता मानवीय सेवामा साथ दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
३ महिना देखिको किमो, अप्रेशन पश्चात् २२ दिनको लगातार पूर्वाञ्चल क्यान्सर हस्पिटल बसाई पछि स्वास्थ्यमा सुधार संगै अञ्जनालाई डिस्चार्ज गरिएको छ ।