Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २१ २०८२


०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे।

उनले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरू सबै पनि आफ्नो भूमिका पुरा गर्नुहुनेछ ।’ प्रचण्डले महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको पनि बताए।

उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरूले बढी भूमिका खेलेको सुनाए। आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने प्रचण्डको भनाइ छ। उनले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी पनि गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार