काठमाडौ । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालको आज चिनियाँ बरिष्ठ चिकित्सक डा.लि नेतृत्वमा १२ जनाको टिमले प्यारा थाइराइड र अर्का बरिष्ठ चिकित्सक डा.वाङ नेतृत्वको टिमले स्टोनको सफल सल्यक्रिया सम्पन्न भएको छ ।
सफल शल्यक्रियापछि पूर्वप्रधानमन्त्री खनाल अहिले अस्पतालमै आराम गरिरहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता समेत रहनुभएका खनाल प्यारा थाइराइड र स्टोनको समस्याबाट लामो समयदेखि ग्रस्त रहनुभएको छ । उहाँ उपचारका लागि साउन ६ गते चीन प्रस्थान गर्नुभएको थियो । यसअघि पनि पूर्वप्रधानमन्त्री खनाल उपचारको लागि चाइना गईसक्नुभएको छ । बरिष्ठ नेता खनालको उपचारमा संलग्न डा . लि र डा. वाङ प्यारा थाइराइड र स्टोन सम्बन्धि विश्व प्रसिद्ध चिकित्सकको रुपमा चिनिन्छन् । नेता खनाल ग्रस्त रहेको उक्त रोगको उपचार गर्ने पद्धति नेपालमा नरहेकाले उहाँ उपचारको लागि चाइना जानुभएको हो ।
यद्धपि चाइना जानुअघि उहाँले नेपालका विज्ञ डाक्टरसंग परामर्स लिनुभएको थियो । तर उक्त रोगको उपचारको लागि चाइना नै उपयुक्त हुने नेपालका सम्बन्धित रोग विज्ञहरुको सल्लाहपछि मात्रै उहाँ उपचारको लागि चिन जानुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।