Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम महिला गोल्डकपको आय-व्यय सार्वजनिक : तीन लाख बचत, झन्डै ३० लाख उठ्न बाँकी

इलाम महिला गोल्डकपको आय-व्यय सार्वजनिक : तीन लाख बचत, झन्डै ३० लाख उठ्न बाँकी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २० २०८२


इलाम महिला गोल्डकपको आय-व्यय सार्वजनिक : तीन लाख बचत, झन्डै ३० लाख उठ्न बाँकी

इलाम । इलामको ठुलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ। आयोजक क्लब ओएसिस इलामले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट हालसम्म तीन लाख ३४ हजार दुई सय पैँसट्ठी रुपैयाँ बचत भएको छ ।

कुल ८८ लाख १५ हजार आठ सय पैँसट्ठी रुपैयाँ बराबरको सहयोग कबोल भए पनि हालसम्म ५८ लाख ४० हजार तीन सय पैँसट्ठी रुपैयाँ मात्र संकलन भएको छ। बाँकी २९ लाख ७५ हजार पाँच सय रुपैयाँ दाता, प्रायोजक तथा स्थानीय तहबाट उठ्न बाँकी रहेको जनाइएको छ।

इलाममा गएको फागुनमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको हिसाब सार्वजनिक भएको छ । सार्वजनिक भएको हिसाब अनुसार हालसम्म दाता, प्रायोजक र गेडमनिबाट जम्मा ५८ लाख ४० हजार तीन सय पैँसट्ठी रुपियाँ सङ्कलन भएको छ । खर्च गरेर जम्मा तीन लाख ३४ हजार दुई सय पैँसट्ठी रुपियाँ बैङ्क मौज्दात रहेको बताइएको छ ।

दाताले कबोल गरेको, प्रायोजक र स्थानीय तहबाट अझै २९ लाख ७५ हजार पाँच सय रकम उठ्न बाँकी रहेको छ । दाता, प्रायोजक र कबोल गरिएको, सङ्कलित र जम्मा रकम ८८ लाख, १५ हजार आठ सय पैँसट्ठी रुपियाँ रहे पनि उठ्न बाँकी रहेको बताइएको छ ।

आम्दानी तर्फ मुख्य प्रायोजकबाट चार लाख, सह प्रायोजकबाट आठ लाख ९० हजार, सहयोगी संस्थाबाट चार लाख ५५ हजार, व्यक्तिगत सहयोग विदेशबाट तीन लाख एक हजार ५५ रुपियाँ र व्यक्तिगत सहयोग नेपालबाट दुई लाख दश हजार पाँच सय रहेको छ ।

त्यस्तै गेट मनी र सिजनल टिकटबाट सबैभन्दा धेर रकम अर्थात् ३३ लाख, ७२ हजार आठ सय २० रुपियाँ सङ्कलन भएको उल्लेख छ । इलाम नगरपालिकाका विभिन्न वडा, स्टल तथा विज्ञापनबाट समेत रकम सङ्कलन भएको थियो । खर्च तर्फ पुरस्कारमा सात लाख दश हजार, ट्रफि, मेडल एवम् प्रमाणपत्रमा एक लाख ७५ हजार, आयोजक नास्ता खानातर्फ चार लाख १७ हजार, आमन्त्रित टिम यातायात खर्च ६ लाख पचास हजार खर्च भएको बताइएको छ ।

आमन्त्रित टिम खाना, बास र दैनिक भ्रमण भत्तामा १५ लाख, नौ हजार एक सय पचास खर्च भएको उल्लेख छ । आयोजक स्वयमसेवक, अतिथि खाना, खाजा तथा होटलमा तीन लाख २७ हजार एक सय, रेफ्रि खाना, खाजा, बास, यातायात र पारिश्रमिकमा दुई लाख साठी हजार खर्च भएको उल्लेख छ ।

प्यारापिट खरिद तथा खेल मैदान निर्माणमा चार लाख ९७ हजार, सेक्युरिटी खाना, बास र पारिश्रमिकमा एक लाख ३५ हजार, गेट एवम् स्टेज सजावट ब्यानर निर्माण एक लाख ७५ हजार, उद्घाटन, समापन ९७ हजार, प्रत्यक्ष प्रसारणमा एक लाख बिस हजार, विज्ञापन प्रसार प्रचार एक लाख ५९ हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै मायाको चिनो, खेल सामाग्री खरिद, साउन्ड सिस्टम दैनिक पानी, खाजा (अतिथि तथा सुरक्षाकर्मी) मा समेत खर्च भएको उल्लेख छ । विभागीयड डर्बीको फाइनल खेलमा त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो । प्रतियोगितामा नेपालका सिनियर र उमेर समुहका राष्ट्रिय टिमका खेलाडीहरु सहभागि थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार