Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–१० मा ११ महिनाको राजस्व ६२ लाख रुपैया भन्दा बढि

सूर्योदय नगरपालिका–१० मा ११ महिनाको राजस्व ६२ लाख रुपैया भन्दा बढि

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १६ २०८२


सूर्योदय नगरपालिका–१० मा ११ महिनाको राजस्व ६२ लाख रुपैया भन्दा बढि

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० ले चालु आर्थिक बर्षको ११ महिनामा ६२ लाख रुपैया भन्दा बढि राजस्व संलकन गरेको छ । कार्यालय सार्वजनिक गरेको ११ महिनाको विवरण अनुसार ६२ लाख ७ हजार ३४१ रुपैया राजस्व संकलन भएको हो । त्यसैगरी जेठ मात्र ५ लाख ३८ हजार ५६६ रुपैया राजस्व संकलन गरेको छ ।

वडाले सवैभन्दा बढि साउन महिनामा १२ लाख ९७ हजार ६०८ रुपैया ९० पैसा राजस्व संकलन गरेको हो । सवैभन्दा कम फागनु महिनामा २ लाख ६७ हजार ९२ रुपैया राजस्व संकलन भएको हो । कार्यालयमा ११ महिनाको अवधिमा विभिन्न प्रयोजनको लागि १ हजार २ सय २५ वटा निवेदन दर्ता भएका छन् ।

कार्यालयबाट १ हजार ७ सय ३ वटा सिफारिस प्रदान भएको जनाइएको छ । त्यसैगरी ६१ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । ३ सय ५७ जना व्यवसायिक फर्म र व्यवसायीले दर्ता नविकरण गरेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । वडामा १ हजार २ सय ५१ जना करदाताहरुले भुमि तथा सम्पती कर दाखिला गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार