Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रि-काटरफाइनलबाटै बाहिरियो मियामी

प्रि-काटरफाइनलबाटै बाहिरियो मियामी

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १६ २०८२


प्रि-काटरफाइनलबाटै बाहिरियो मियामी

इलाम ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) इन्टर मियामीलाई ४–० गोलअन्तरले पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ। लियोनल मेसीको इन्टर मियामी प्रिक्वाटरफाइनलबाटै बाहियो। खेलको पहिलो हाफमै पिएसजीले चार गोल गर्दै स्पष्ट जित दर्ता गर्‍यो।

अनमार्क रहेका जोआओ नेभेसले छैठौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे। त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे। ४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३–० भयो। पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमनको ढोका बन्द गरे।

अब पिएसजीले शनिबार हुने क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग खेल्नेछ। ​ बायर्नले फ्लामेन्गोलाई ४–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।

प्रतिक्रिया
सम्बन्धित समाचार