Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

महाकाली सन्धि ठिक छ, नदीखोला बेचेका छैनौँ : प्रधानमन्त्री ओली

महाकाली सन्धि ठिक छ, नदीखोला बेचेका छैनौँ : प्रधानमन्त्री ओली

  • सन्देश सम्वाददाता
  • शनिबार, असार १४ २०८२


महाकाली सन्धि ठिक छ, नदीखोला बेचेका छैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि ठिक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले महाकाली सन्धि सही रहेको बताएका हुन्। उनले भने,‘महाकाली परियोजनासम्बन्धी सम्झौता गर्ने पक्षमा अहिले पनि सरकार छ। अहिले कार्यान्वयन गर्ने पक्षमा सबै छन्। निकट भविष्यमा महाकाली सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर सम्झौता पनि कार्यान्वयन गर्छौं। यो गर्न पाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले महाकाली सम्झौता अन्तर्गत बिजुली, पानी लिइएको बताए। उनले भने,‘महाकाली सम्झौता ठिक छ। कुनै नदीखोला बेचेका छैनौँ।’  एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमाले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता बेच्ने पार्टी नरहेको बताए। उनले राष्ट्रिय स्वाधिन्तामा अलिकति तलमाथि पनि हुन नदिइने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार