रोङ । इलामको रोङ गाउँपालिकाका पर्यटकीय गन्तव्यहरुमा ४० हजार फुलका विरुवा रोपण सुरु गरिएको छ । पर्यटक आर्कषणको सम्भावना रहेका क्षेत्रहरुको प्राकृतिक सजावटका लागि फुल रोपण एवम गोडमेल सुरु गरिएको हो । रोङ गाउँपालिका कृषि शाखाको समन्वयमा रोङका पर्यटकिय स्थलहरु हाँसपोखरी, कुटिडाडा,रमितेडाँडा, झण्डीडाँडा, मुख्य कार्यालय जाने सडक, किरात पार्क, हर्कटे, रमितेडाँडा लगायतको स्थानहरुमा फुल रोपण गरिएको छ ।
पर्यटकरुलाई आर्कषित गराउन वसन्त ऋतुमा फूल्ने एन्जेलिया रोपण संगै हुर्कदै गरेको लालिगुराँस गोडमेल गरिदै छ । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले झन्डीडाँडाबाट रोपण अभियानको उद्धघाटन गरे । स्थानिय टोलवासी, संघ सस्था,टोल बिकास समितिको सहभागितामा गरिने पुष्परोपण कार्यले आगामि दुई बर्षमा नै परिणाम दिने अपेक्षा साथ गरिएको कृषि शाखाका प्राविधिक सन्तोष लाप्चाले बताए ।
डाँडाभरि ढकमक्क फूल फूलेपछि उक्त स्थानहरुमा मानिसहरु घुम्न आउनु साथै स्थानियवासिहरुलाई आय र आर्जनमा थप टेवा मिल्ने भएकाले प्राकृतिक रुपमा सजाउन लागि परेको रोङ-६ का रन्जित साङपाङले बताए