इलाम । १७ दिनपछि हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ का १३९ स्थानीय तहबाट ६ हजार १ सय ५८ प्रतिनिधि चयन हुँदैछन् ।
यसअघि १३७ स्थानीय तह र १ हजार १ सय ५७ वडा रहेको प्रदेशमा सरकारले पछिल्लो पटक स्थानीय तहको संख्यामा हेरफेर गरेपछि २ स्थानीय तह र १९ वडा थप भएका छन् । नयाँ संरचना अनुसार प्रदेशमा १३९ स्थानीय तह र १ हजार १ सय ७६ वडा कायम भएका छन् ।
पूर्वी नेपालका १४ जिल्ला समेटिएको यो प्रदेशमा रहेका १३९ स्थानीय तहबाट ती प्रतिनिधि चयन हुने भएका हुन् । प्रदेशमा रहेका १३९ स्थानीय तहबाट १३९ जना प्रमुख÷अध्यक्ष, १३९ जना उपप्रमुख÷उपाध्यक्ष, १ हजार १ सय ७६ वडाध्यक्ष चयन हुनेछन् । यस्तै १ हजार १ सय ७६ महिला वडा सदस्य, १ हजार १ सय ७६ दलित महिला सदस्य र २ हजार ३ सय ५२ खुल्ला वडा सदस्य चुनिनेछन् ।
स्थानीय तहको निर्वाचन ऐन अनुसार हरेक स्थानीय तहमा १ प्रमुख र १ उपप्रमुख तथा वडाहरुमा १÷१ जना वडाअध्यक्ष सहित १ दलित महिला सदस्य २ महिला सदस्य र २ खुल्ला सदस्य चुनिन्छन् । स्थानीय तहको गाउँपालिकाको प्रमुखलाई अध्यक्ष र उपाध्यक्ष तथा नगर÷उपमहानगर÷महानगरपालिका प्रमुखलाई मेयर र उपमेयर भनिन्छ ।
प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढि मोरङबाट निर्वाचित हुनेछन् । मोरङमा रहेका १७ स्थानीय तहका १६५ वडाबाट ८५९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यस्तै सबैभन्दा कम ७ वटा स्थानीय तह रहेको तेह्रथुमका ४३ वडाबाट २२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
मोरङपछि १५ स्थानीय तह र १३८ वडा रहेको झापाबाट ७२० जना, १४ स्थानीय तहका १३० वडा रहेको सुनसरीबाट ६७८ जना र १० स्थानीय तहका ८१ वडा रहेको इलामबाट ४२५ जना निर्वाचित हुनेछन् । यस्तै १० स्थानीय तहका ७९ वडा रहेको खोटाङबाट ४१५, १० स्थानीय तहका ७६ वडा रहेको संखुवासभाबाट ४००, ९ स्थानीय तहका ८१ वडा रहेको भोजपुरबाट ४२३ र ९ स्थानीय तहका ६१ वडा रहेको तालेजुङबाट ३२३ निर्वाचित हुनेछन् । यसैगरी ८ स्थानीय तहका ७५ वडा रहेको उदयपुर र ओखलढुंगाबाट ३९१÷३९१, ८ स्थानीय तहका ६० वडा रहेको पाँचथरबाट ३१६, ७ स्थानीय तहका ६० वडा रहेको धनकुटाबाट ३१४ र ८ स्थानीय तहका ५२ वडा रहेको सोलुखुम्बुबाट २७६ जना निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार देशभरका मतदातामध्ये सबैभन्दा धेरै मतदाता भएको जिल्ला पनि यही प्रदेशको मोरङ हो । मोरङमा स्थानीय तहको निर्वाचनमा मत दिने अधिकार भएका मतदाता ५ लाख ६३ हजार ८ सय ७० जना रहेका छन् । मोरङपछि झापामा ५ लाख १० हजार २ सय १६ मतदाता रहेका छन् ।
प्रदेशमध्ये सबैभन्दा कम मतदाता भएको जिल्ला तेह्रथुम हो । तेह्रथुममा ६० हजार ७०४ जना मतदाता रहेका छन् । तेह्रथुमपछि सोलुखुम्बुमा ६१ हजार ७ सय ४६ मतदाता रहेका छन् ।
मधेसी मोर्चाले जनसंख्याको आधारमा स्थानीय तह बनाउनुपर्ने माग गरिरहेको बेला मतदाताको अनुपातमा मोरङबाट ६ सय ५६ मतदाता बराबर १ प्रतिनिधि स्थानीय तहमा निर्वाचित हुने देखिएको छ । यस्तै झापामा ७०९ मतदाता बराबर १ जना चुनिनेछन् । साना जिल्ला तेह्रथुमबाट भने २७६ मतदाता बराबर १ जना र सोलुखुम्बुबाट २२४ मतदाता बराबर १ जना निर्वाचित हुनेछन् ।
प्रदेशमा रहेका १३९ स्थानीय तहमध्ये १ महानगरपालिका, २ उपमहानगरपालिका, ४५ नगरपालिका र ९१ गाउँपालिका रहेका छन् । मोरङको विराटनगर महानगरपालिका तथा सुनसरीको धरान र इटहरी उपमहानगरपालिका हुन् । यस्तै प्रदेशमा ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु र ओखलढुंगामा १÷१ नगरपालिका छन् । यस्तै तेह्रथुम, भोजपुर र खोटाङमा २÷२, उदयपुर र धनकुटामा ३÷३, सुनसरी र संखुवासभामा ४÷४ नगरपालिका छन् । सबैभन्दा बढि नगरपालिका झपामा ११ वटा छन् भने मोरङमा ८ वटा र सुनसरीमा ४ वटा रहेका छन् ।
कुन जिल्लामा कति तह ?
ताप्लेजुङ (९ तह)
नगरपालिकाः १. फुङ्लिङ (वडा ११)
गाउँपालिका १. आठराई त्रिवेणी (वडा ५)
२. सिंदिवा (वडा ७)
३. फक्ताङलुङ (वडा ७)
४. मिक्वाखोला (वडा ५)
५. मेरिङदेन (वडा ६)
६. मौवाखोला (वडा ६)
७. यांबरक (वडा ६)
८. सिरिजंगा (वडा ८)
पाँचथर (८ तह)
नगरपालिकाः १. फिदिम (वडा १४)
गाउँपालिका १. फालेलुङ (वडा ८)
२. फाल्गुनन्द (वडा ७)
३. हिलिहाङ (वडा ७)
४. कुम्मायक (वडा ५)
५. मिक्लाजुङ (वडा ८)
६. तुम्बेवा (वडा ५)
७. यांबरक (वडा ६)
इलाम (१० तह)
नगरपालिकाः १. इलाम (वडा १२)
२. देउमाइ (९ वडा)
३. माइ (१० वडा)
४. सुर्योदय (१४ वडा)
गाउँपालिका १. फाकफोकथुम (वडा ७)
२. चुलाचुली (वडा ६)
३. माइजोगमाई (वडा ६)
४. माङ्सेबुङ (वडा ६)
५. रोङ (वडा ६)
६. सन्दकपुर (वडा ५)
झापा (१५ तह)
नगरपालिकाः १. मेचीनगर (१५ वडा)
२. दमक (१० वडा)
३. कन्काई (९ वडा)
४. भद्रपुर (११ वडा)
५. अर्जुनधारा (११ वडा)
६. शिवसताछी (११ वडा)
७. गौरादह (९ वडा)
८. विर्तामोड (१० वडा)
९. कमल (९ वडा)
१०. बुद्धशान्ति (९ वडा)
११. झापा (९ वडा)
गाउँपालिका १. गौरिगञ्ज (६ वडा)
२. बाह्रदशी (७ वडा)
३. हल्दिबारी (५ वडा)
४. केचनाकबल (७ वडा)
मोरङ (१७ तह)
महानगरपालिकाः १. विराटनगर (२८ वडा)
नगरपालिकाः १. बेलबारी (११ वडा
२. लेटाङ (९ वडा)
३. पथरी शनिश्चरे (१० वडा)
४. रंगेली (९ वडा)
५. रतुवामाई (१० वडा)
६. सुनबर्सी (९ वडा)
७. उर्लाबारी (९ वडा)
८. सुन्दर हरैचा (१२ वडा)
गाउँपालिका १. मेधा बुढिगंगा (५ वडा)
२. धनपालथान (७ वडा)
३. ग्रामथान (७ वडा)
४. जहदा (६ वडा)
५. कानेपोखरी (७ वडा)
६. कटहरी (७ वडा)
७. केराबारी (१० वडा)
८. मिक्लाजुङ (९ वडा)
सुनसरी (१४ तह)
उपमहानगरपालिकाः १. इटहरी (२० वडा)
२. धरान(२० वडा)
नगरपालिकाः १. इनरुवा (९ वडा)
२. दुहबी (१२ वडा)
३. रामधुनी (९ वडा)
४. बराह (१० वडा)
गाउँपालिका १. देवानगञ्ज (७ वडा)
२. कोशी (५ वडा)
३. गढि (६ वडा)
५. बर्जु (६ वडा)
५. भोक्राहा (वडा ८)
६. हरिनगरा (५ वडा)
७. भुटाहा (५ वडा)
८. लौकही (८ वडा)
धनकुटा (१७ तह)
नगरपालिकाः १. धनकुटा (१० वडा)
२. पाख्रिवास (१० वडा)
३. महालक्ष्मी (९ वडा)
४. साँघुरीगढी (१० वडा)
गाउँपालिका १. छिन्ताङ (७ वडा)
२. छथर जोरपाटी (६ वडा)
३. चौबिसे (८ वडा)
तेह्रथुम (६ तह)
नगरपालिकाः १. म्याङलुङ (१० वडा)
२. लालिगुँरास (९ वडा)
गाउँपालिका १. आठराई (७ वडा)
२. छथर (६ वडा)
३. फेदाप (५ वडा)
४. मेन्छयामेम (६ वडा)
संखुवासभा (१० तह)
नगरपालिकाः १. चैनपुर (११ वडा)
२. धर्मदेवि (९ वडा)
३. खाँदबारी (११ वडा)
४. मादी (९ वडा)
गाउँपालिका १. पाँचखपन (९ वडा)
२. भोटखोला (५ वडा)
३. चिचिला (५ वडा)
४. मकालु (६ वडा)
५. सभापोखरी (६ वडा)
६. सिलिचोङ (५ वडा)
भोजपुर (९ तह)
नगरपालिकाः १. भोजपुर (१२ वडा)
२. षडानन्द (१४ वडा)
गाउँपालिका १. ट्याम्केमैयुम (९ वडा)
२. रामप्रसाद राई (८ वडा)
३. अरुण (७ वडा)
४. पौपादुङ्मा (६ वडा)
५. साल्पासिलिछो (६ वडा)
६. आमचोक (१० वडा)
७. हतुवागढी (९ वडा)
सोलुखुम्बु (८ तह)
नगरपालिकाः १. सोलुदुधकुण्ड (१० वडा)
गाउँपालिका १. दुधकोशी (७ वडा)
२. खुम्बु पासाङल्यामु (५ वडा)
३. दुधकौसिका (९ वडा)
४. नेचासल्यान (६ वडा)
५. महाकुलुङ (५ वडा)
६. लिखु पिके (५ वडा)
७. सोताङ (५ वडा)
ओखलढुंगा (८ तह)
नगरपालिकाः १. सिद्धिचरण (१२ वडा)
गाउँपालिका १. खिजीदेम्बा (९ वडा)
२. चम्पादेवि (१० वडा)
३. चिशंखुगढी (८ वडा)
४. मानेभञ्ज्याङ (९ वडा)
५. मोलुङ (८ वडा)
६. लिखु (९ वडा)
७. सुनकोशी (१० वडा)
खोटाङ (१० तह)
नगरपालिकाः १. हलेसी तुवाचुङ (११ वडा)
२. रुपाकोट मझुवागढी (१५ वडा)
गाउँपालिका १. एैंसेलुखर्क (७ वडा)
२. लामीडाँडा (६ वडा)
३. जन्तेढुंगा (६ वडा)
४. खोटेहाङ (९ वडा)
५. केपिलासगढी (७ वडा)
६. दिप्रुङ (७ वडा)
७. साकेला (५ वडा)
८. बराहपोखरी (६ वडा)
उदयपुर (८ तह)
नगरपालिकाः १. कटारी (१४ वडा)
२. चौदण्डीगढी (१० वडा)
३. त्रियुगा (१६ वडा)
गाउँपालिका १. बेलका (९ वडा)
२. उदयपुरगढी (८ वडा)
३. ताप्ली (५ वडा)
४. रौतामाई (८ वडा)
५. सुनकोशी (५ वडा)