माई । इलामकाे माई नगरपालिका इलामको नगरसभा तथा १८औ अधिवेशन मंगलबार सम्पन्न भएको छ । नगर सभाले आर्थिक बर्ष २०८२/८३ को ६३ करोड ९३ लाख ४६ हजार ६ सय रुपैयाको आयव्याय पारित गर्दै सम्पन्न भएको हो ।
नगरसभाका अध्यक्ष तथा माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बुको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आतिथ्यता रहेकाे थियाे । उपप्रमुख हिमा भण्डारीबाट आर्थिक बर्ष २०८२र०८३ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी भट्टराईको समन्वयमा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक बर्ष २०८२र०८३ को लागि आय तर्फ संघीय समानीकरण तर्फ १२ करोड १४ लाख, प्रदेश समानीकरण १ करोड ९ लाख ३६ तर्फ १ लाख ८९ हजार, राजश्व वाडफाँड संघ १२ करोड ६३ लाख ५७ हजार १ सय ४७ रुपैयाँ, प्रदेश ८३ लाख ५३ हजार ३ सय ५३ रुपैयाँ , आन्तरिक आय ९ करोड ५९ लाख १ सय रुपैया, समपुरक संघ १ करोड ५८ लाख, सशर्त संघ २४ करोड ४४ लाख समपुरक प्रदेश १ करोड २० लाख, प्रदेश सशर्त ४ करोड १९ लाख आय अनुमान गरेको छ ।
सभामा आगामी बर्षको व्याप तर्फको क्षेत्रगत अनुमानित बिनियोजन अन्र्तगत आर्थिक विकास तर्फ शिक्षा, पशु, सहकारी, उद्योग, पर्यटन क्षेत्र विकासका लागि १ करोड ३ लाख १७ हजार, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लक्षित समूह विकास तर्फ ४ करोड ८७ लाख ३९ हजार ६ सय, पुर्वाधार विकास तर्फ सडक, झोलुङ्गेपुल, सिंचाई, भवन आदीको लागि १४ करोड ७० लाख ४० हजार रुपैया, वन, वातावरण, तथा विपद व्यवस्थापन तर्फ सामुदायिक बन, भुसंरक्षण तथा जलाधार संरक्षण, फोहरमैला व्यवस्थापन, प्रकोप नियन्त्रण, आदीको लागि १ करोड १५ लाख रुपैया बिनियोजन गरेको छ ।
त्यस्तै सुशासन तथा सेवा प्रवाह तर्फ १३ करोड ६३ लाख ६० हजार, सशर्त अनुदान तर्फ २७ करोड ६३ लाख ९० हजार र भुक्तानी दायित्व ९० लाख रहने गरि व्याय गर्ने गरि वजेट विनियोजन गरिएको छ । नगर सभामा वडाबाट आएका योजना नगर सभामा समावेश नभएको गुनासो न्यायिक समिति सदस्य एवम माई-१० वडासदस्य राजकुमार गड्तौलाले राखेका थिए ।
त्यस्तै अर्का न्यायिक समिति सदस्य तथा माई–८ का वडा सदस्य शेर वहादुर वस्नेतले न्यायिक समिति अन्तर्गत मेलमिलाप केन्द्रमा ४४ वटा विवाद दर्ता रहेकोमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ अन्तरगत ९ वटा विवाद र ४७ ९२० अन्तरगत ३५ विवाद दर्ता रहेकोमा २९ वटा मिलापत्र भएको र ६ वटा विवाद प्रकृयामा रहेको जानकारी दिए ।
सभामा लेखा समितिको प्रतिवेदन वडा नम्बर ६ का वडा अध्यक्ष, लेखा समिति संयोजक एवम कार्यपालिका सदस्य खड्ग सुन्दर योङहाङले प्रस्तुत गरेका थिए । अनुगमन समितिको प्रतिवेदन अनुगमन समितिको संयोजक एवम कार्यपालिका सदस्य राजेन्द्र राईले प्रस्तुत गरेका थिए । सबै प्रतिबेदन तथा नीति कार्यक्रम ध्वनी मतका साथ पारित भएको मेयर लिम्बुले जानकारी दिए ।