Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको बजेट एक अर्ब १४ करोड ३४ लाख

इलाम नगरपालिकाको बजेट एक अर्ब १४ करोड ३४ लाख

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १० २०८२


इलाम नगरपालिकाको बजेट एक अर्ब १४ करोड ३४ लाख

इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । इलाम नगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

आर्थिक वर्ष ०८२–०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।

चालुु आर्थिक वर्ष ०८१–०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन ।

चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको उनको भनाई छ । दाहालले चालु आर्थिक ०८१–०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार