Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

इलाममा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ८ २०८२


इलाममा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

फिक्कल । इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। रोङ गाउँपालिका-३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलाम तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ४५४७ न.को ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ८९ प २२६६ न.को मोटरसाईकललाई ठक्कर दिँदा बझाङका २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोटका २३ वर्षीया सिर्जना गिरीको ज्यान गएको हो ।

गम्भीर घाईते भएका उनीहरुलाई तत्काल उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड झापा तर्फ पठाईएकोमा उपचारको क्रममा मृत्युु भएकाे प्रहरीले जानकारी दिएको छ । ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का अन्दाजी ३३ वर्षे नितेश बुढाथोकी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार