Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सहकारी केन्द्र इलामको अध्यक्षमा फागो चयन

सहकारी केन्द्र इलामको अध्यक्षमा फागो चयन

  • बुद्धमाया सोङ्मी
  • शनिबार, असार ७ २०८२


सहकारी केन्द्र इलामको अध्यक्षमा फागो चयन

इलाम । सहकारी केन्द्र नेपाल इलामको अध्यक्षमा नविन फागो चयन भएका छन् । पहिलो इलाम भेलाबाट इलाम नगरपालिकाका फागोको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा फाकफोकथुमका भोज बहादुर बोहरा रहेका छन् । सचिवमा देउमाई नगरपालिकाका होमनाथ रिजाल रहेका छन् । सहसचिव इलाम नगरपालिकाका बेदप्रसाद भट्टराई र कोषाध्यक्षमा सूर्योदय नगरपालिकाकी सावित्री देवि राई रहेका छन् ।

सदस्यहरुमा सूर्योदयका घनश्याम पौडेल, देउमाईका राम कार्की र सुमन राई, इलाम नगरपालिकाका सरीमाया विक र भीम थापा, सन्दकपुर गाउँपालिकाका ध्रुब फागो, रोङ गाउँपालिकाका रमेश खतिवडा र कमल अर्याल, माई नगरपालिकाकी रञ्जना थापा, माङसेबुङ गाउँपालिकाका हरि कार्की, अञ्जना शिवाकोटी, सरिता देवान रहेका छन् ।

अन्य सदस्यहरुमा इलाम नगरपालिकाका पहलमान तामाङ, देव त्रिखत्री, चन्द्रकला तामाङ, देउमाईकी शारदा राई रहेकी छन् । अन्य २ जना सदस्यहरु पछि थप गरिने भएको छ ।

सहकारी केन्द्र नेपालका केन्द्रीय सदस्य केवी बान्तवाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी केन्द्र नेपालकी केन्द्रीय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम रन्जिता जिमीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार