Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा छायांकन गरिएको ‘नाईं नभन्नु ल ५’ को गीत सार्वजनिक (भिडियो सहित)

इलाममा छायांकन गरिएको ‘नाईं नभन्नु ल ५’ को गीत सार्वजनिक (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ८ २०७५


इलाममा छायांकन  गरिएको ‘नाईं नभन्नु ल ५’ को गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नु ल ५’ को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको बीच फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक ‘तिम्रो आखाँमा आखाँ जुधाई’ बोलको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ। दिनेश थपलियाको शब्द समावेश गीतमा मेलिना राईले स्वर दिएकी छिन्।

इलामको निकै सुन्दर लोकेशनमा खिचिएको उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र नव नायक अभिषेक नेपाल फिचरिङ छन्। कविराज गहतराजको करियोग्राफी रहेको भिडियोमा बाल्यकाल देखिको प्रेमलाई देखाइएको छ। भिडियोको अन्त्यमा स्वस्तिमा र अभिषेकको आखाँमा आएको आशुले फिल्मको कथालाई सस्पेन्स राख्छ।

विकास आचार्य निर्देशित फिल्ममा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सोड्रिना शर्मा, प्रियंका कार्की, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतको पनि अभिनय रहेको छ। विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

‘वान टाइम सिनेमा’ को ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् –(थाहाखबरबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार