इलाम । इलाममा चश्मे उल्लु भेटिएको छ । चरा गाइड दाजु ग्याल्जेन शेर्पाको घर देखि विँव्ल्याटे नजिकै दुर्लभ चश्मे उलुक फेला परेको छ । Brown Wood Owl / Strix leptogrammica (वैज्ञानिक नाम) रहेको छ । जस्को शारीरिक लम्बाई ५३ से मी सम्म हुने गरेको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलले बताए ।
यो कान जस्तो आकार विनाको गोलो टाउको भएको उल्लु प्रजातिमा नेपालमा पाइने सबैभन्दा ठूलो आकारको हो ।
यो भेटिएको स्थानमा वयस्क हुन लागेका अल्पवयस्क २ र वयस्क २ गरि जम्मा ४ वटाको सङ्ख्यामा भेटिएका हुन्। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेल र पर्यटन कार्यालय काँकडभिट्टासँगको सहकार्यमा संस्थाका चरा खोज तथा अनुसन्धानका काम हुँदै आएका छ ।
टोलीमा शंखर क्षेत्री लुईंटेल, नरेश खरेलसँगै ४ जना छन् । उनीहरुले पछिल्लो एक साता केचना कंचनजंघा क्षेत्रमा पर्ने इलाम, पाँचथर, ताप्लेजुङका क्षेत्रमा चरा खोजका लागी खटिएका थिए । यो क्षेत्रमा चराको खोज अनुसन्धानको क्रममा इलाममा उलुकहरू ग्याल्जेन शेर्पा र र सन्तोष श्रेष्ठको सहयोग रहेको थियो ।
तस्बिरहरु : देवेन खरेल
