Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुमका २१ जना अर्धदक्ष डकर्मीलाई दक्ष बनाइदै

फाकफोकथुमका २१ जना अर्धदक्ष डकर्मीलाई दक्ष बनाइदै

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २ २०८२


फाकफोकथुमका २१ जना अर्धदक्ष डकर्मीलाई दक्ष बनाइदै

इलाम : छोटो अवधिको सीप विकाश तालिम अन्तर्गत फाकफोकथुम गाउँपालिका भित्रका २१ जना अर्धदक्ष डकर्मीलाई दक्ष बनाउन तालिम संचालन गरिएको छ । डकर्मीहरूको सीप अभिवृद्धि गर्दै भौतिक निर्माणमा दक्षता वृद्धि गर्ने उद्देश्यले आइतवारदेखि शुरु गरिएको तालिम ७ गतेसम्म संचालन हुने पालिक रोजगार सेवा केन्द्रका सहायक खगेन्द्र निरौलाले जानकारी दिए ।

रत्न कुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटका प्रशिक्षकद्वय रविन्द्र कुमार मल्लिक र मदन चौलगाईले तालिमको सहजीकरण गरिरहेका छन् । भौतिक निर्माण सम्बन्धी थप जानकारी र दक्ष बनाई स्वरोजगार बन्ने अपेक्षा गर्दै पालिकाका १८ देखि ५० वर्ष उमेरका सहभागी रहेका छन् ।

सीपमा आधारित रोजगारीको अवसर अर्धदक्ष वा नवप्रवेशी डकर्मीलाई तालिम दिँदा उनीहरू दक्ष कामदारमा परिणत हुने विश्वास गरिएको पालिका रोजगार संयोजक दिपक राईको भनाइ छ ।

पालिका उपाध्यक्ष कल्पना राईको प्रमुख आतिथ्यतामा गाउँपालिकाको सभाहल आमचोकमा तालिमको उद्घाटन भएको हो । उद्घाटनलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले तालिम मार्फत पालिका भित्रका वेरोजगार डकर्मीलाई रोजगारीको अवसर बढाउन मदत गर्ने, वैदेशिक रोजगारमा प्रतिस्पर्धी बन्न र स्वदेशमै आत्मनिर्भर बन्न सहायता पुर्‍याउँने लक्ष्य राखिएको बताइन् ।

उनीहरुलाई तालिम दिँदा व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमासमेत फाइदा पुग्ने उनको भनाइ छ । सहभागीहरुलाई ध्यान केन्द्रित भएर ज्ञान र सीप आर्जन गर्न उनले आग्रह गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार