इलाम । इलाम नगरपालिका–११ स्थित सोयाकको आहाले सडक नजिक पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोयाकको बेलासेबाट नजिकै दुर्घटना भएको पिकअपमा देउमाई नगरपालिका–९, जितपुर निवासी गाडी मालिक विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पराजुलीकी छोरीसहित अर्का एक जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूको बि एन्ड सि अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।