इलाम । नेपाल फिफा महिला वरीयतामा एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १०० औं स्थानमा आइपुगेको छ। नेपाल अघिल्लो वरीयतामा ९९ औं स्थानमा थियो।
नेपालले यही जुन २ मा थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा २–० को हार बेहोरेको थियो । नयाँ वरीयतामा एक स्थान सुधार गरेको थाइल्यान्ड ४६ औं स्थानमा छ भने एक स्थान खस्किएर भारत ७० औं स्थानमा रहेको छ।
यसैगरी बंगलादेश १२८, श्रीलंका १५९, माल्दिभ्स १६३, भुटान १७२ स्थानमा छन्। वरीयताको पहिलो स्थानमा अमेरिका, स्पेन र जर्मनी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् भने ब्राजिल चौथो र बेलायत पाँचौ स्थानमा छन्।