Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा इलाम तेस्रो स्थानमा

कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा इलाम तेस्रो स्थानमा

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २९ २०८२


कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा इलाम तेस्रो स्थानमा

इलाम : कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलाम जिल्ला २२ पदक सहित तेस्रो भएको छ । बिराटनगरमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत र १२ कास्य पदक जित्दै प्रतियोगितामा सहभागी ११ जिल्ला मध्ये तेस्रो भएको हो ।

प्रतियोतिामा २४ स्वर्ण, १६ रजत र ६ काँस्य जित्दै कुल ४६ पदकका साथ मोरङ पहिलो बनेको छ । १६ स्वर्ण, ८ रजत र २० काँस्य पदक जित्दै कुल ४४ पदक प्राप्त गरेको झापा दोश्रो बनेको छ । जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले पालिका स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मेहनतका कारण उक्त नतिजा हात परेको बताए । २ वर्ष अघि इलाम ११औं स्थानमा र गत बर्ष ९ औं स्थानमा थियो ।

यसैबिच प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रिय स्तरको प्रतियोतिाका लागि छनौटमा परेका छन् । जसमा तेक्वान्दो तर्फ दिभिना कार्की (४५ केजी) र सोनिम भट्टराई (४४केजी) रहेका छन् । दुवै जना इलाम नगरपालिकाका रहेका छन् ।

उसुमा सूर्योदय नगरपालिकाकी सुनिथी राई , माई नगरपालिकाका रितिका राई र दिप्सन नेम्वाङ रहेका छन् भने ३००० मिटर दौडमा माङसेबुङ गाउँपालिकाकी पुष्पा शेर्मा लिम्बू छनौटमा परेका छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा गर्न थालिएपछि प्रगति भएको अध्यक्ष बाँस्तोला बताउँछन् ।

‘जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा गर्न थालेपछि खेलाडी उत्पादनमा उल्लेखीय वृद्धि भएको छ, जसको देखिन थालेको छ’ उनले भने । जिल्ला खेलकुद विकास समितिले पालिकाको समन्वयमा ग्रामीण क्षेत्रमा लगेर उक्त प्रतियोतिा गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार