Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुलिस र न्यु डायमन्डको शानदार सुरुआत

पुलिस र न्यु डायमन्डको शानदार सुरुआत

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २९ २०८२


पुलिस र न्यु डायमन्डको शानदार सुरुआत

पोखरा । न्युडायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शानदार सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा मंगलबार सुरु भएको प्रतियोगितामा पुलिसले एपीएफ र न्युडायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएका हुन् ।

उद्घाटन दिनको पहिलो खेलमा पुलिसले एपीएफलाई २५–२२, २७–२५ र २५–१७ को सेटमा हरायो । दोस्रो खेलमा न्युडायमन्डले एभरेस्टलाई २५–११, २५–१८ र २५–१० को सेटमा हराएको हो । जित दुवै टिमले समान २ अंक जोडेका छन् ।

प्रतियोगिताको दोस्रो दिन बुधबार पुलिसले स्टेप रामपुर र न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघसँग खेल्नेछ । प्रतियोगिताको मंगलबार एक समारोहका बीच पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । उनले नेपालको लोकप्रिय खेलको रुपमा भलिबलले प्राप्त गरिरहेको लोकप्रियताको प्रशंसा गरे ।

नेश्नल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार