इलाम : इलाममा ६७० परिवारलाई धनीपुर्जा वितरणको तयारी अघि बढाइएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समिति इलामको छैठौं बैठकले माई नगरपालिकाका १५२ र माङसेबुङ गाउँपालिकाका ११० गरी कुल २६१ परिवारको राजस्व निर्धारणसहित जग्गा दर्ताको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
यसअघि चुलाचुली गाउँपालिकाका ३२ र रोङ गाउँपालिकाका १५० गरी १८२ परिवारको नाममा धनीपुर्जा तयार भइसकेको जनाइएको छ । हालसम्म आयोगले कुल ४४४ परिवारको जग्गा सम्बन्धी निर्णय गरिसकेको छ ।
चुलाचुलीका थप ८४, माईका ११३ र सूर्योदय नगरपालिकाका ११७ परिवारको जग्गा दर्ता प्रक्रिया अगाडि बढाइएको आयोगका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । आयोगले चालु आर्थिक वर्षभित्र इलाम जिल्लामा कुल ६७० परिवारलाई जग्गा धनी प्रमाण–पुर्जा वितरण गर्ने तयारी गरेको छ।