Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

आजको मौसम : कोशी प्रदेशमा वर्षाको संभावना

आजको मौसम : कोशी प्रदेशमा वर्षाको संभावना

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २७ २०८२


आजको मौसम : कोशी प्रदेशमा वर्षाको संभावना

इलाम । आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुवर्पानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार