इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार इलामका विपिन पोख्रेल र अंकित बराइलीले इन्चार्जको जिम्मेवारी पाएका छन् । क्रान्तिकारीका उपमहासचिव पोख्रेलले प्रदेश १ को इन्चार्ज र केन्द्रीय सदस्य बराइलीले इलाम इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ । सङ्गठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ ।