इलाम । इलामकाे महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) का स्नातक चाैथाे बर्षका बिद्यार्थीहरूलाई बिदाई गरिएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको व्यवस्थापनमा एक कार्यक्रम गरेर बिदाई गरिएकाे हाे ।
स्ववियु अध्यक्ष विशाल कार्कीकाे अध्यक्षता र क्याम्पस प्रमुख गंगाराम पाैडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे थियाे । भएको बिदाई कार्यक्रममा विद्याथीहरुले नृत्य, गायन लगायत आफ्नो प्रतिभा देखाएर मनोरंनात्मक बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पाैडेल,विद्यार्थी कल्याणका प्रमुख देवराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको सचिव रेखा बेघाले कार्यक्रम संचालन गरेकी थिइन् ।
ल