इलाम । इलाम स्थित एक मात्र थिएटर चेतना थिएटरले समय अनुरूप बाल विवाह रोकथाम तथा लागुऔषध न्यूनीकरण गर्ने उदेश्यले कचहरी नाटक प्रदर्शन गरेको छ । बाल विवाह रोकथाम तथा लागु औषध नियन्त्रणका लागि कचहरी नाटक प्रदर्शन गरिएको हो ।
बाल विवाहको रोकथाम तथा लागु औषध नियन्त्रणजस्ता सामाजिक विषयहरूमा जनचेतना फैलाउने उद्देश्यले माई नगरपालिका–७ को सहयोगमा आमा समूहको आयोजनामा तथा चेतना नाट्य समूह, इलामको प्रस्तुतीमा कचहरी नाटक माईनगरपालिका सम्पन्न भएको हो । माई नगरपालिकाको बुद्ध आधारभुत विद्यालय , वीरेन्द्र माध्यमिक विद्यालय, लक्ष्मी चोक ,गरी ३ स्थानहरूमा प्रदर्शन गरेको छ निर्देशक अन्वेष राई थुलुङले बताएका छन् । नाटकमा सरिता राई, विष्णु खतिवडा, दुर्गा तोलाङ्गी रेबिका, रोजन गुरुङ ,दर्शन घिमिरे, मनिष विश्वकर्मा, भूमिका सुब्बा , गुणराज देवान, विमला राई सहित कलाकारको टिम रहेको थियो । सडक नाटकका माध्यमबाट परीवर्तनको आवज उठाउने उदेश्यले सडक नाटक प्रदर्शन गरिएको हो ।
सामाजिक परिवर्तनमा नाटकजस्ता सिर्जनात्मक माध्यमको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ प्रस्तुत गरिएको यस कचहरी नाटकमार्फत स्थानीय समुदायमा शसक्त सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा स्थानीय नागरिक, शिक्षक, अभिभावक तथा युवाहरूको उल्लेखनीय सहभागिता समेत चेतना नाट्य समुह इलामका अध्यक्ष सुरेश पार्तेलले बताएका थिए ।
थप तस्बिहरु :
