फिक्कल । कविता राई गाउँलेको कविता संग्रह फाटकमा घाम एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगर निवासी राईको कृति सूर्योदय नगरपालिकाको सभाहलमा लोकार्पण गरिएको हो ।
प्राज्ञ राजन मुकारुङ, कवि मनप्रसाद सुब्बा, सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जन, शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई लगायतले कविता संग्रह लोकार्पण गरेका हुन् । २०४८ सालबाट कविता लेखन सुरु गरेकी गाउँलेको नयाँ कृतिमा ४९ वटा कविता समेटिएका छन् ।
कार्यक्रममा कविता संग्रह माथि सिक्किमका कवि प्रविन खालिङले समिक्षा गरेका थिए । कार्यक्रममा कवि देवान किराती, बिमल बैद्य, कृष्ण बराल, राजन मुकारुङ लगायतले कविता संग्रहमा समेटिएका कविता बाचन गरेका थिए । कविता संग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।