Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिग

पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिग

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १९ २०८२


पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिग

इलाम । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। इन्टर मिलानलाई बुधवार ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे।

हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलमा मजबुत नियन्त्रण बनायो। डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ फराकिलो बनाए । मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे। उनले मैदान प्रवेश गरेको ३ मिनेटपछि गोल गरेका हुन्।

इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन । लुइस एररिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको छ ।

यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार