Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामको सूर्योदयमा बृहत साकेला प्रर्दशनी कार्यक्रम सम्पन्न

इलामको सूर्योदयमा बृहत साकेला प्रर्दशनी कार्यक्रम सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १८ २०८२


इलामको सूर्योदयमा बृहत साकेला प्रर्दशनी कार्यक्रम सम्पन्न

फिक्कल । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा बृहत साकेला प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । यलेदोङ सम्बत ५०८५को अवसर पारेर आयोजना ‘भाषा लिपि धर्म संस्कृति हाम्रो पहिचान सम्पुर्ण किरात राईहरुको एकता हाम्रो अभियान’ भन्ने नाराका साथ किरात राई यायोख्खा सूर्योदय नगरकार्य समितिले साकेला प्रदर्शनी आयोजना गरेको हो ।

कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किराती समुदायका बिभिन्न संस्था तथा समुदायको बाक्लो उपस्थिती रहेको थियो । हजारौको सङख्यामा उपस्थित भएका किराती समुदायले बिभिन्न शिल्लीहरु प्रस्तुत गरेका थिए । गौरव चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराईली सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बराल ,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजन मुकारुङ, विभिन्न वडाका वडाध्यक्ष, सघंस्थाका प्रमुख एबं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । किराती समुदायको भाषा लिपि संस्कार संस्कृतिको सरंक्षण गर्ने युवामाझ आफ्नो भाषा संस्कार प्रति आर्कषण बढाउने किराती समुदाय बिच एकताको भावना जगाउने लगायत उदेश्य राखेर कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य जय राईले बताए ।

कार्यक्रममा प्रमुख अथिति नगरप्रमुख रण बहादुर राईले किराती समुदायको संस्कार संस्कृति सबैको साझा सम्पती भएकोले यसको संरक्षणमा एकतावद्ध भएर लाग्नुपर्ने बताए । उनले किराती समुदायको भाषा लिपि संस्कार पुस्तान्तरण गर्न जरुरी देखिएकाले अग्रजबाट आफुमा लिने र आफुबाट भावी पुस्ता सम्म पु¥याउन युवाहरु जुट्नुपर्नेमा जोड दिए ।

उनले नगरपालिका सधै किराती समुदाय सगँ हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा राई जातीको साकेलासंगै सुनुवार जातिको नाच समेत देखाइएको थियो । आयोजक समितिका अध्यक्ष गौरव चाम्लिङ राईले किराती समुदाय बिचको एकता र भाषा लिपि संस्कार र सस्कृतिको संरक्षणको अभियानमा सबैलाई डोराउन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बराईली सूर्योदय नगरपालिकाका उपप्रमुख बराल श्रीकृष्ण प्रणामी युवा परिषद इलामका अध्यक्ष उद्धव तिम्सिनालगायत बिभिन्न ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार