फिक्कल । नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिकाको अध्यक्षमा पुनः सदिप तामाङ अग्नी निर्वाचित भएका छन् । दोश्रो पालिका सम्मेलनबाट तामाङको अध्यक्षतामा २३ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षहरुमा तिर्थराज आचार्य, घनश्याम पौडेल र संगीता थामी रहेका छन् ।
सचिवमा प्रेम राई, सहसचिव ठाकुर गड्तौला र कोषाध्यक्षमा विर बहादुर गिरी रहेका छन् । सम्मेलन आयोजक समितिका संयोजक सदिप तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता र प्रदेश सचिवालय सदस्य एवम सूर्योदय इन्र्चाज प्रविण तिमसिनाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सूर्योदयका संस्थापक अध्यक्ष देविप्रसाद उप्रेती, अनेमसंघ क्रान्तिकारी इलाम अध्यक्ष सावित्रा राई लगायतको आतिथ्यता रहेको थियो ।