Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १७ २०८२


मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
  • कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ।
  • उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई बिहान सात बजे नै मस्तिष्कघात भएको थियो ।
  • उनलाई उच्च अदालतले बम विस्फोटको अभियोगमा सफाइ दिएको थियो।

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो ।

ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो । ‘उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ ती चिकित्सकले भने । त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो । ‘अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ उपचारमा समंलग्न ती चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् । बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार