माई । १८ औ गणतन्त्र दिवसको अवसरमा इलामको माई नगरपालिका–५ की साहाराविहिन सपना राईले नयाँ घर पाएकी छन् । माई नगरपालिकाले साहाराविहिन ९ बर्षिया सपना राईको घर पुर्ननिर्माण गरिदिएको हो । माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुको नेतृत्वमा आज घर निर्माण गरिएको छ ।
स्वच्छिक श्रमदान अन्तरगत माई नगरपालिका इलामको आयोजनामा सम्पन्न घर निर्माणमा उपप्रमुख हिमा भण्डारी, लोदिया प्रहरी चौकी दानाबारी, सशस्त्र प्रहरी वेस क्याम्प , नगर प्रहरी प्रमुख मानबहादुर लिम्बु, नमुना सामुदायिक वन समूहका अध्यक्ष केशब दहाल, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
सपनाको बाबुको निधन भइसकेको र आमा अपाङ्गता रहेको छ । उनी फुपु बिमला राईसंग बस्दै आएकी छन् । आवासीय घर अति जिर्ण हुनुका साथै गाँस, बास र कपासको समेत ज्यादै अभाव रहेको थियो । नगरपालिकाले सार्वजनिक सुचना नै आहवान गरेर स्वेच्छिक श्रमद्धानको लागि आह्रवान गरेको थियो । घर निर्माणसंगै खाद्यान्न समेत प्रदान गरिएको छ ।
