Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु

सूर्योदयमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ १६ २०८२


सूर्योदयमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु

इलाम– सूर्योदय नगरपालिकामा २ दिवसीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजना भएको कार्यक्रमको पहिलो दिन स्थानीय साहित्यकारले कविता वाचन गरेका छन् । आजै ‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण’ विषयमा प्यानल डिस्कसन समेत भएको छ ।

अग्रज पत्रकार केदार शर्माले सहजीकरण गरेको डिस्कसनमा सूर्योदयका नगर प्रमुख रणबहादुर राई र शान्ति तथा सुशासन विज्ञ शरदचन्द्र न्यौपाने सहभागि थिए । सम्मेलनमा नेपाल र भारतका कला–साहित्यकर्मीको सहभागिता छ । सम्मेलनको उद्घाटन संविधानसभा सदस्य सूर्यवाला राईले गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसमेत सहभागी छन् ।

दोस्रो दिन भोलि नेपालका विभिन्न जिल्लासहित भारतका सिक्किम, दार्जिलिङ र मिरिकका साहित्य, कलाकर्मीको प्रस्तुति रहनेछ ‘सूर्योदयको साहित्यको विकास र राष्ट्रिय साहित्य सम्बन्ध’ विषयमा डा।अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकालबीच डिस्कसन हुनेछ । नगर प्रमुख रणबहादुर राईले साहित्यका माध्यमबाट कला–संस्कृति र भाषा विकासका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिष्ठान अध्यक्ष तथा नगर उप प्रमुख दुर्गाकुमार बरालले पश्चिमी संस्कृतिको प्रभावले अतिक्रमित नेपाली भाषा, संस्कृति संरक्षणमा महोत्सवले सघाउने आशा गरेको जनाए ।सोहि कार्यक्रमको अवसरमा जेठ १७ गते साहित्यकार कविता राई गाउँलेको ‘फाटकमा घाम’कविता सग्रहको बिमोचन समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार