Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा फुलमती सोङ्मी स्मृति र्यापिड चेस प्रतियोगिता

इलाममा फुलमती सोङ्मी स्मृति र्यापिड चेस प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १५ २०८२


इलाममा फुलमती सोङ्मी स्मृति र्यापिड चेस प्रतियोगिता

इलाम । इलाममा आगामी जेठ २४ गते फुलमती सोङ्मी स्मृति र्यापिड चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको छ । जिल्ला चेस संघको आयोजना र प्रदेश चेस संघको प्राविधिक सहयोगमा इलाममा चेस प्रतियोगिता आयोजना हुन लागेको हो । जनक चोकको बगैचा रेस्टुरेन्ट हुने प्रतियोगितामा कुल १ लाख १९ हजार पुरस्का वितरण हुनेछ ।

८ वटा विधामा हुने प्रतियोगिता स्विस लिग अनुसार ७ चरणको हुनेछ । प्रतियोगिताको प्रदेश प्रथमलाई २० हजार, द्धितियलाई १० हजार, तृतियलाई ७ हजार, चौथोलाई ६ हजार, पाँचौलाई ५ हजार र छैटौ देखि १० औसम्म जनही ४ हजार प्रदान गरिनेछ । त्यसैगरी भेट्रान्स तर्फ प्रथमलाई ४ हजार, फरक क्षमता भएका र अनरेटेड प्रदेश उत्कृष्टलाई जनही ४ हजार प्रदान गरिनेछ ।

विद्यालय स्तरिय प्रदेश प्रथमलाई ३ हजार र द्धितियलाई २ हजार, हिल्स च्याम्पियनलाई ४ हजार र द्धितियलाई ३ हजार, प्रदेश स्तरिय यु–१६ पुरुष र महिला च्याम्पियनलाई जनही २ हजार ५ सय प्रदान गरिनेछ । इलाम च्याम्पियनलाई ४ हजार तथा द्धितिय देखि पाँचौ स्थानलाई जनही २ हजार प्रदान गरिनेछ । इलाम यु–१६ च्याम्पियनलाई २ हजार ५ सय तथा द्धितिय देखि पाँचौ स्थानसम्म जनही २ हजार पुरस्कार राखिएको छ ।

प्रतियोगितामा कोशी प्रदेशका चेस खेलाडीले मात्र सहभागिता जनाउन पाउने नेपाल चेसका बरिष्ठ उपाध्यक्ष दिपेन राईले जानकारी दिए । किरात याक्थुङ चुम्लुङ अध्यक्ष एवम पत्रकार बुद्धमाया सोङ्मीको आमा फुलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । सोङ्मीको चैत्र ३० गते ६९ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार