Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको अध्यक्षमा पयाङ्गु

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको अध्यक्षमा पयाङ्गु

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ १३ २०८२


किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको अध्यक्षमा पयाङ्गु

न्यूयोर्क । किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्क स्थित चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको महाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति चयन गरिएको चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिपक थेबेले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्ष सुर्य लिङ्देन, उपाध्यक्षमा सरस्वती कन्दङ्वा, निर्मला कन्दङ्वा र घनेन्द्र मावो चयन भएका छन् । त्यसैगरि चुम्लुङको महासचिवमा दिनेश लिङ्देन, सचिवमा सजना सुब्बा ९एभेङ० र सचिवमा हरी जबेगु चयन भएका छन् ।

सन् २०२७ सम्म कार्यकाल रहने कार्य समितिको कोषाध्यक्षमा दिक्षा जबेगु चयन भएका छन् भने सदस्यहरुमा पुनम लिम्बु, मौसम इङ्नाम, सुबिङ लिम्बु, सन्जोक थेगिम, केपी शेर्मा, लेलिन इजम, संध्या लिम्बू र देवी इजम चयन भएका छन् । संस्थाको मानार्थ सदस्य तर्फ रुपा याखा चयन भएका छन् ।

चुम्लुङको नयाँ कार्य समितिको आगामी बैठकले विभिन्न राज्यहरुबाट अन्य सदस्यहरु मनोनित गर्नेछन् । चुम्लुङ अमेरिकाको नयाँ नेतृत्वमा पुगेका पयाङ्गु लामो समयदेखि चुम्लुङको अभियानमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार