Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दोश्रो सायाबुङ टोल गोल्डकपको आय–व्यय सार्वजनिक

दोश्रो सायाबुङ टोल गोल्डकपको आय–व्यय सार्वजनिक

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १२ २०८२


दोश्रो सायाबुङ टोल गोल्डकपको आय–व्यय सार्वजनिक

फिक्कल । दोश्रो सायाबुङ टोल गोल्डकप प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । सायाबुङ खेल संघ सन्दकपुर गाउँपालिका–४ माबुको आयोजना बैशाख २० गतेबाट २९ गतेसम्म संचालन भएको प्रतियोगितामा कुल ५ लाख ५१ हजार ४ सय ३३ आम्दानी र ५ लाख ७० हजार ८५ भएको जनाइएको छ ।

आयोजक समितिको पूर्व अध्यक्ष ददिप राराहाङले गत गत बर्षको मौजदात रकम १ लाख २४ हजार ७ सय रुपैयाबाट सवै दायित्व फर्छयाैट गरिएको बताए । आयोजक समितिका सुरज राईका अनुसार अझै केही रकम उठ्न बाँकी रहको छ । सन्दकपुर गाउँपालिका–४ वडा कार्यालयबाट प्राप्त हुनुपर्ने ५० हजार रकम प्राप्त भएमा आयोजक १ लाख ५६ हजार नाफामा जाने उनले बताए ।

किँरात राईहरुको महान चाड उभौली साकेला पर्व एवं बुद्ध जयन्तीको पावन अवसरमा गत बर्षबाट सेभेन ए साइड प्रतियोगिता सुरु गरिएको थियो । स्थानीय टिम र खेलाडीलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालित प्रतियोगिताका सन्दकपुर गाउँपालिका भित्रका ५ वटा वडाका टिमहरुको सहभागिता रहने गरेको छ । यस बर्ष खुल्ला तर्फ २४ र भेट्रान्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।

खुल्ला तर्फ आयोजक सायाबुङ ए ले सन्दकपुर खेल संघलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । भेट्रान्स तर्फ सन्दकपुुर खेल संघले टप्पु रेडपाण्डालाई हराउँदै उपाधि जितेको थियो । खुल्ला तर्फ विजेताले ५१ हजार र उपविजेताले २५ हजार तथा भेट्रान्स तर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताका सन्दकपुर भित्रका क्लब र खेलाडी मात्र सहभागि थिए । यस संस्करण राजकुमार राईको संयोजकत्वमा सम्पन्न गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार