Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा विषाक्त च्याउ खाँदा माङसेबुङका तीन जनाको मृत्यु

इलाममा विषाक्त च्याउ खाँदा माङसेबुङका तीन जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १२ २०८२


इलाममा विषाक्त च्याउ खाँदा माङसेबुङका तीन जनाको मृत्यु

इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङ गाउँपालिकाको एकै वडाका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु दुई युवती र एक जना पुरुष रहेका छन् । प्रहरीका अनुसार विषाक्त च्याउ खाँदा माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको भने आज झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । उनीहरूले जङ्गलबाट संकलन गरिएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो।

च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार