Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यु–१६ क्रिकेट : झापा माथि इलाम ७ विकेटले बिजयी

यु–१६ क्रिकेट : झापा माथि इलाम ७ विकेटले बिजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १२ २०८२


यु–१६ क्रिकेट : झापा माथि इलाम ७ विकेटले बिजयी

इलाम । यु–१६ कोशी प्रदेश क्रिकेट छनौटमा इलामले विजयी सुरुवात गरेको छ । इलामले झापा माथि ७ विकेटको जित निकालेको हो । भद्रपुर क्रिकेट मैदानमा टस जितेर इलामले सुरुवाती बलिङ गरेको थियो ।

टस हारेर सुरुवाती व्याटिङ थालेको झापाले १६ ओभर २ बलमा अलआउट हुँदै ९० रनको योगफल तयार पारेको थियो । झापाका लागि संगम बढाथोकीले सर्वाधिक २१ रन बनाए ।

नआउट रहेको क्षितिज बाबु प्रसाईले १९ र राजिव महतोले १५ रन बनाउन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । इलामले अतिरिक्त २१ रन दिएको थियो । झापाको व्याटिङ लाइन धरासायी बनाउन रिकेश आङदाम्बेले ५ विकेट लिन सफल रहे ।

३ ओभर २ बलमा उनले २४ रन दिँदै महत्वपूर्ण व्याटरलाई आउट गरे । आयुष बस्नेतले २ विकेट लिए । सुयोग भट्टराई, हिमाल उराउ र भरत श्रेष्ठले समान १/१ विकेट लिए । ९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको इलामका लागि कप्तान शिवांश बजगाईले नटआउट ५४ रन बनाए ।

अदभिक वास्तोलाले ११ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो योगफल नबनाएपछि इलामले जित हासिल गर्न सक्यो । झापाका रुशल रिमाल, राजिव महतो र एलिश महतोले समान १/१ विकेट लिए । झापाले अतिरिक्त १९ रन दिएको थियो । ५ विकेट लिए आङदाम्बे प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार