Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

विद्यार्थी नेता माथि भएको कुटपिटको अनेरास्ववियु इलामको आपत्ति

विद्यार्थी नेता माथि भएको कुटपिटको अनेरास्ववियु इलामको आपत्ति

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ११ २०८२


विद्यार्थी नेता माथि भएको कुटपिटको अनेरास्ववियु इलामको आपत्ति

इलाम । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेताहरु माथि कुटपिट भएको छ । जेठ ७ गते इलामको नाङ्लो होटल छेउ बाटो हिड्ने क्रममा अज्ञात समुहले अनेरास्ववियु इलाम नगर कमिटी उपाध्यक्ष कमरेड मोहन घिमिरे र अनेरास्ववियु म.र.ब क्याम्पस कमिटी सदस्य कमरेड युवराज खत्री माथि कुटपिट भएको संगठनले जनाएको छ ।  अनेरास्ववियु अध्यक्ष अशोक खतिवडाले विज्ञप्ती जारी गर्दै घटना प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमा भनिएको छ ।

‘ इलाममा पछिल्लो दिनमा बढ्दै गरेको अराजक तथा अपराधिक गतिविधीले सामाजिक वाताबरण तथा भातृत्व समेत संकटमा पारेको गंभिर समस्या रहेको महसुस भएको छ। विभिन्न नसालु पदार्थको सेवन गर्ने होहल्ला गर्ने जस्ता गतिविधीले सर्वसाधरणमा आतङक तथा त्रासदिपुर्ण वातावरण सिर्जना हुनका साथै म इलामबांसीले सुरक्षित महसुस गर्ने अवस्था सिर्जना नहुनु आफैमा दुखद कुरा हो । आमसर्वसाधरण पुस्तक बोकेका विद्यार्थी, महिला दिदिबहिनीले सुरक्षित आफ्ना जिवनयापन गर्ने बातावरण यस्ता गतिविधी बाधक बन्ने कुरामा दुइमत छैन ।’

संगठनले पिडकलाई कानुनी दायरामा ल्याइ पिडितलाई उचित न्यायिक उपचार समेतको प्रवन्ध गर्न सुरक्षा निकाय तथा सम्वन्धित तालुक्दार निकायलाई गम्भिर ध्यानाकर्षण गराएको छ । आगामि दिनमा यस्तो गतिविधि भएको खण्डमा आमसचेत विद्यार्थी मुकदर्शक भएर नबस्ने र कुनै पनि आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार