Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

अमर माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन छान्न अनलाइन भोटिङ

अमर माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन छान्न अनलाइन भोटिङ

  • सन्देश सम्बाददाता
  • शनिबार, जेष्ठ ११ २०८२


अमर  माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन छान्न अनलाइन भोटिङ

बरबोटे । इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको स्कुल क्याप्टेन र सहायक क्याप्टेन छान्न अनलाइन मतदान भएको छ । समयअनुसारको प्रविधि उपयोग गर्दै स्कुल क्याप्टेन, सहायक क्याप्टेन र सदन क्याप्टेन छान्न अनलाइन मतदान गरिएको शिक्षक अर्जुन सर्माले जानकारी दिए ।

मतदानमा कक्षा २ भन्दामाथिका विद्यार्थी सहभागी भएका थिए ।  मतदानका लागि ४ ठाउँमा ४ कम्प्युटर राखिएका थिए । विद्यार्थीले तिनै कम्प्युटरमा क्लिक गरी मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मत परिणामअनुसार स्कुल क्याप्टेनमा निर्जला घिमिरे निर्वाचित भएकी छिन् । ब्लु हाउस क्याप्टेनमा सन्ध्या लिम्बू, ग्रिन हाउसमा आस्था आचार्य, रेड हाउसमा रमण श्रेष्ठ र येल्लो हाउसमा साहिल राई निर्वाचित भए । यो नमुना निर्वाचन अभ्यासमा २ सय २६ मत खसेको थियो ।

तस्बिरहरु : 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार