माई । इलामको माई नगरपालिकाको प्रथम अर्धबार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा नं ६ बिहिबारे बजारमा पालिकाको अर्धबार्षिक सार्वजनिक सुुनुवाई सम्पन्न भएको हो । माई नगरपालिका इलामको आयोजना र नभ संचार प्रालि विराटनगरको समन्वय÷सहजीकरणमा सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका सन्दर्भमा माई नगरपालिका भित्रका विकास निर्माण, सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा “सार्वजनिक सुनवाई” कार्यक्रम सम्पन्न भएको हो ।
नागरिक अभिमत मार्फत ५२ जना र बहिर्गमित अभिमत मार्फत ५५ जनाले तथा प्रत्यक्ष १० जनाले प्रश्न गरेका छन् । कार्यक्रममा सरोकारवाला रिजा गिरी, अशोक खत्री, देवी नेपाल, वीरबहादुर शर्मा, तिलविक्रम तुम्हाम्फे, रेविना चौहान, जानुका दाहाल, चक्रबहादुर कटुवाल, धनबहादुर आङदम्बे, हर्क योङहाङ, पुष्प गिरी लगायतले जिज्ञासा, गुनासा, प्रश्न र सुझाव राखेका थिए ।
जिज्ञासा गुनासो प्रश्न र सुझावलाई माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेल, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेल, शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत सीतादेवी लावती, लेखा शाखा प्रमुख अशोक कट्टेल, योजना शाखा प्रमुख रोजगार संयोजक हिमाल तिम्सिना, माई सव डिभिजन वन कार्यालय सुखानीका प्रमुख भुवनमणि शर्मा लगायतले पशुपंक्षी विकास शाखा प्रमुख हिमा योञ्जन, कृषि विकास शाखा प्रमुख रुजन खड्का, सानीमा बैंक माईका प्रबन्धक हिमा पराजुली लगायतले समाधान गराउँदै प्रतिबद्धता मन्तव्य राखेका छन् ।
माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले कार्यक्रमको औचित्य का विषयमा जानकारी गराएका थिए । सार्वजनिक सुनवाई सहजीकरण संस्थाका बिमलकुमार दाहाल, सीता भट्टराई र अर्पणा राई लिम्बूले सञ्चालन/सहजीकरण गरेका छन् ।
कार्यक्रममा शिक्षा र स्वास्थ्यको बिषयमा बढि प्रश्न, गुनासो र सुझाव आएको सहजकर्ता बिमल दाहालले जानकारी दिए । पालिकाको बेरुजुको बिषयमा समेत सहभागीले जिज्ञासा राखेका थिए । जिज्ञासालाई लेखा शाखा प्रमुख अशोक कट्टेलले सम्बोधन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।