Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ८ २०८२


आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

इलाम ।  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी मौसमी प्रणालीकोप्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै र देशका बाँकी भूभागकोकेही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार