इलाम । जिल्ला प्रहरी कार्यालय इलामले बहुबिवाह कसुरका फरार अभियुक्तलाई १२ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला देउमाई नगरपालिका १ चमैता घर भई हाल इलाम नगरपालिका १२ साङरुम्बा बस्ने बर्ष ५९ को मान बहादुर राई रहेका छन । उनलाई २०७० साल पुष १६ गते इलाम जिल्ला अदालतले ११ महिना ६ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो ।
फरार रहेका अभियुक्तलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलिले २०८२ जेठ ५ गते लुकिछिपि बसेको अवस्थामा इलाम नगरपालिका १२ स्थित साङरुम्बाबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाम जिल्ला अदालतमा उपस्थित गराउदा कैद भुक्तानको लागी आजै जिल्ला कारागार इलाममा पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।