Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

फोहोरका कारण चुलाचुलीवासीको स्वास्थ्यमा समस्या भएको भन्दै फोहोर फाल्न अवरोध

फोहोरका कारण चुलाचुलीवासीको स्वास्थ्यमा समस्या भएको भन्दै फोहोर फाल्न अवरोध

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ५ २०८२


फोहोरका कारण चुलाचुलीवासीको स्वास्थ्यमा समस्या भएको भन्दै फोहोर फाल्न अवरोध

चुलाचुली : झापाको दमक नगरपालिका द्वारा सन्चालित फोहोर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्र बाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आएको भन्दै इलामको चुलाचुली-५ का स्थानियवासीले फोहोर फाल्न अवरोध गरेका छन् । प्रशोधन केन्द्र लाई ब्यवस्थित नगरी खुल्ला रुपमै फोहोर फालेका कारण मानवबस्तीमा प्रत्यक्ष असार परेको जसका कारण स्थानियबासीमा झाडापखाला,स्वाशप्रश्वास, हैजा जस्ता रोगहरुले निरन्तर सताइ रहेको भन्दै स्थानिय वासीले शनिवार देखी फोहोर फाल्न अवरोध गरेका हुन् ।

दमक नगरपालिकाले  मागलाई वेवस्था गरेका कारण संघर्ष समिती बनाएर सडक आन्दोलनमा उत्रन बाध्य पारेको संघर्ष समिती का संयोजक तथा चुलाचुली ५ का वडाध्यक्ष बबिन राईले बताए । ‘हाम्रो आन्दोलनको कारण नगररबासीहरुमा पर्न गएको असर प्रती सम्पुर्ण चुलाचुली बासी चिन्तित रहेका छौ । तर, फोहोर को दुर्गन्ध बाट चुलाचुली बासीको स्वास्थ्यमा आएको सम्पुर्ण समस्याको जिम्मा दमक नगरपालिकाले लिनु पर्नेछ’ अध्यक्ष राईले भने

नगर बाट निस्किएको फोहोर मैला व्यावस्थापन व्यवस्थित नभएको र यस वाट चुलाचुलीका ५ का स्थानियलाई समस्या आएको भन्दै दमक नगरपालिका लाई पटक पटक जानकारी गराउदा समेत सो प्रशोधन केन्द्र लाई ब्यवस्थित गर्नुको सट्टा झान खुल्ला रुपमा सञ्चालन गरेकोमा विरोध गर्नु परेको स्थानिय बताउँछन् । गत जेठ १ गते चुलाचुली गाउँपालिकाको तर्फ बाट दमक नगर पालिका लाई ध्यानाकर्षण पत्र पठाइएको र जेठ २ गते वडा कार्यालय मा पत्रकार सम्मेलन गरी फोहोरमैला फाल्ने कार्यलाई व्यवस्था गर्न भन्दै कार्यक्रम सार्वजनिक गरिएको थियो ।

चुलाचुली गाउँपालिकाका तर्फ बाट दमक नगरपालिका लाई पटक पटक ध्यानाकर्षण गराउदा समेत बेवास्ता गरेका कारण शनिवार फोहोर बोकेर उक्त प्रशोधन केन्द्र आएका सम्पुर्ण सवारी साधनलाई फिर्ता पठाएको छ ।  आफ्नै जग्गामा नगरबाट उत्पादित फोहोलाई व्यवस्थापन गरेको दमक नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले बताए । उनले अहिलेको समस्यलाई हामी दुबै पक्ष बसरे समस्याको समाधान गर्ने तर्फ जुट्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार