इलाम । रोङ गाउँपालिकाले माटो तथा मल परिक्षण प्रयोगशाला झुम्काले गुरु किसानको माटो परिक्षण गर्न इन्कार गरेको बताएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले गुरु किसानको परिक्षणको लागि लगिएको (४१४ वटा) नमुना माटो बुज्न नमाने गुनासे गरे । उनले कार्यालय प्रमुखसंग कुरा गर्दा कोटा सकिएको भन्दै परिक्षणमा आनकानी गरेको बताए ।
‘प्रमुख संग कुरा गर्दा यो बर्षको लक्ष्य ५०० रिपोर्ट हो । कोटा सकियो भन्ने जवाफ आयो । हामीले भन्यौ कि माटो बुजिदिनुहोस । स्रोत, जनशक्ति र समयको बिषयमा मन्त्रालय संग कुरा गरौला समाधान खोजौला । तर पनि मानेनन ।’ उनले भने ‘पत्र दर्ता गरेन , माटो बुजिदिएन । पालिकाबाट सम्पर्क गर्दा समेत अस्विकार ग¥यो ।’ उनले कृषि प्रधान देश भन्ने नारा मात्र भएको बताए ।
कृषिको नाममा खर्बौ बजेट सकिएपनि माटो सुधार नगरे कृषिमा लगानी बेकार हुने बताए । ‘हामी कृषि प्रधान देश भन्ने , आर्थिक मेरुदण्ड भन्ने , भाषणमा कसैले नछुटाउने बिषय हो। ५०औ बर्ष बाट कृषिको नाममा खरबौ बजेट सक्यौ । खर्बौ बजेट अनुदान बाडयौ ।’ उनले भने ‘माटो खेतिको मुख्य आधार हो । त्यही माटो सुधार नगरे कृषिको लगानी बेकार छ । तर आज किसानको जाबो माटो परिक्षण गर्न नसक्ने , अनि हामी ठुला ठुला गफ गर्नु ?’
प्रयोगशाला प्रमुख भन्छन ‘काम गर्न सकिदैन भने लिएर के गर्ने ?’
माटो तथा मल परिक्षण प्रयोगशाला झुम्काका प्रमुख दिगम्बर यादवले जनशक्ति अभावका कारण रोङ गाउँपालिकाको माटो यस आर्थिक बर्षमा परिक्षण गर्न नसकिने बताए । ‘हामीसंग पर्याप्त जनशक्ति छैन् ४ जना प्राविधिक हुनुहुन्छ । बार्षिक लक्ष्य ५ सय मात्रा रहेकोमा अहिले नै ५६८ जनाको आएको छ । असारसम्म अझै किसानको आइरहन्छ । उहाँको साढे ४ सय परिक्षण एकै पटकमा कसरी गर्ने ?’
उनले भने ‘ डिएसएमको १ हजार आउँदैछ । अहिले भ्याउँदैन । दिनुहुन्छ भने ५ महिना लाग्छ भन्यौ उहाँहरुले मान्नु भएन । काम गर्न सकिदैन भने लिएर मात्र के गर्ने ? १ सय स्याम्पल मोवाइल भ्यान पठाएर गर्न सकिन्छ । ’ यादवले असोजसम्म परिक्षणको कार्य गर्न नसकिने बताए । उनले एक दिनमा १० वटा स्याम्पलको परिक्षण गर्न सकिने भएकाले हप्तामा ५० वटाको मात्र सम्भव रहेको बताए । जनशक्ति अभावका कारण बर्षमा बढिमा १ हजार २ भन्दा बढि गर्न सक्ने अवस्था नरहेको यादवले बताए ।