Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २ २०८२


माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका छन् ।

कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, ‘भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’

भेटका क्रममा माओवादी केन्द्र चुरे गाउँ कमिटीले विभिन्न माग राख्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्रसमेत बुझाएको थियो । माओवादी केन्द्रले यही जेठ २ गतेदेखि बैतडीबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार