ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधिमा चारवटा घरमा आगलागी लाखौं मूल्य बराबरको क्षति भएको छ । बुधबार दिउँसो जिल्लाको छुट्टा छुट्टै गाउँमा दुई वटा घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मैवाखोला गाउँपालिका ३ साँघु बस्ने बसन्त थोप्रा र याङ्वरक गाउँपालिका ६ थुम्बेदिन बस्ने डम्बर सुनुवारको घर आगलागीबाट नष्ट भएका छन् ।
साँघुमा थोप्राको घर नजिकै झ्यास डराउने क्रममा आगो अनियन्त्रित घरमा आगो सल्किएको थियो । उक्त आगलागीबाट घरभित्र भएको सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिव २० लाख रुपियाँ मूल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
यस्तै थुम्बेदिनमा घरमा बिहान खाना पकाउने क्रममा आगो अनियन्त्रित भई आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, भाडा वर्तन, खाद्यान्न लगायतका सामग्री सबै जलेर नष्ट भएको छ । सुनुवारको घरमा आगलागी हुँदा करिव दुई लाख ३८ हजार रुपियाँ मूल्य बराबरको क्षति हुन गएको तथ्याङ्क प्राप्त भएको प्रनाउ केसीले बताए ।
यता दुई दिनअघि मात्रै जिल्लाको याङ्वरक गाउँपालिका ५ चाक्सिबोटेमा दुई घरमा आगलागी भएको थियो । सोमबार राति स्थानीय धरकुमार सेनेहाङ ९लिम्बू० र देउकुमारी सेनेहाङ ९लिम्बू० को घरमा आगलागी हुँदा १८ लाख ८० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको थियो । आगलागीका पीडित परिवार हाल छिमेकी कहाँ शरण लिएर बस्दै आएका प्रहरीले जनाएको छ ।
( क्भभ mयचभ बतस् जततउस्ररकबवष्यिपजबदबच।अयmरष्लमभह।उजउरकष्तभरअयलतभलतरद्दठठठठ३कतजबकज।ँद्दजद्दँयल्न।नजज्ञशपठउग्।मउगा