Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र जौबारीमा ‘आतिथ्य सत्कार तालिम’ समापन (तस्बिरहरु)

पर्यटकीय क्षेत्र जौबारीमा ‘आतिथ्य सत्कार तालिम’ समापन (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख २५ २०८२


पर्यटकीय क्षेत्र जौबारीमा ‘आतिथ्य सत्कार तालिम’ समापन (तस्बिरहरु)
इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा  ‘आतिथ्य सत्कार तालिम’को समापन भएको छ । पर्यटन व्यवसायमा आवद्ध होटेल, होमस्टे व्यवसायीहरुका लागि ‘आतिथ्य सत्कार तालिम’ आयोजना गरिएको थियो । सन्दकपुर गाउँपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसन प्रालिको आयोजनामा शुरु भएको तालिममा १५ जनाको सहभागिता रहेको थियो ।
तालिममा केचना कञ्चनजंघा पर्यटन विकास समिति इलामका कार्यकारी निर्देशक केशवकुमार धौराली र क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसनका प्रबन्धक एवम् पर्यटन पत्रकार सुजन तिम्सिनाले सहजीकरण गरेका थिए । सन्दकपुर ५ का वडा सदस्य कुमार गुरुङ्गको अध्यक्षतामा भएको तालिमको समापनमा प्रमुख प्रतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग रहेका थिए । तालिममा सहभागिको तर्फबाट होमस्टे व्यवसायी लक्कि शेर्पाले आफ्नो अनुभव राखेकी थिइन् ।
तालिम समापनमा बोल्दै  सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गाउँपालिकाले पर्यटन प्रवद्र्धन मार्फत आर्थिक विकास गर्ने लक्ष्य लिएकाले जौबारीबासी एक भएर लाग्न सुझाव दिए । उनले गाउँपालिकाले मुख्य आम्दानीको श्रोत पर्यटन क्षेत्र भएको निष्कर्ष निकालेकाले त्यस अनुरुप काम गर्नुपर्नेमा सबै एक हुनुपर्ने बताए । जौबारी पहिलेको तुलनामा अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ, सडकले जोडिएको त्यसैले सबै एक भएर लाग्नुपर्ने अध्यक्ष गुरुङ्गले बताए । तालिममा सहभागिलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, वडासदस्य कुमार गुरुङ्ग, प्रमुख प्रशिक्षक केसवकुमार द्यौरालीले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
तालिम समापनमा बोल्दै सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङ्गले वडा कार्यालयले आफ्नो वडा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि वडाको सिलिङबाट लगानी बढाउँदै लगेको बताए । उनले भने पर्यटकीय गन्तव्य छन्, ती क्षेत्रमा पर्यटकहरु ल्याउन समुदाय, होमस्टे व्यवसायी, होटल व्यवसायी सरकारको आस नगरि आफैँ पनि लाग्नुपर्नेमा जोड दिए । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार