Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम निलसरी च्यालेन्ज कप : रेडहर्स इलाम सेमिफाइनल प्रवेश

प्रथम निलसरी च्यालेन्ज कप : रेडहर्स इलाम सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २५ २०८२


प्रथम निलसरी च्यालेन्ज कप : रेडहर्स इलाम सेमिफाइनल प्रवेश

इलाम । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स एफसी इलाम प्रथम निलसरी च्यालेन्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

रेडहर्स इलामको जितका लागि दिपेश राई र सन्देश खवासले गोल गरे । प्रतियोगितामा अवधिभर धरानलाई दबाबमा राखेको रेडहर्स इलामको तर्फबाट दिपेशले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६८ औं मिनेटमा सन्देशले गोल गर्दै रेडहर्सको अग्रता दोब्बर बनाए । यता पहिलो हाफ आक्रमक खेलेको धरान दोस्रो हाफमा लय गुमाउन पुगेको थियो । फितलो प्रदर्शनी गरेको धरानले दोस्रो हाफको अतिरिक्त समयमा इलामलाई केही दबाब सृजना गर्दै खेलको ८२ औं मिनेटमा मिजास लिम्बूले एक गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम रेडहर्सका दिपेश राई घोषित भए । उनलाई बागमती प्रदेशका पुर्व प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले नगद दुई हजार पाँच सयसहित ट्रफि प्रदान गरे । आज आयोजक प्यारिभिट्टा युवा क्लब र उर्लाबारी एफसी मोरङबिच हुनेछ ।

पुर्वका ८ टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार