Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा संयुक्त पहिचानवादी मोर्चा, सन्तराम योङहाङ संयोजक

इलाममा संयुक्त पहिचानवादी मोर्चा, सन्तराम योङहाङ संयोजक

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २१ २०८२


इलाममा संयुक्त पहिचानवादी मोर्चा, सन्तराम योङहाङ संयोजक

इलाम । संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा आयोजित कार्यक्रममा सन्तराम योङहाङको संयोजकत्वमा समिति बनेको हो ।

नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सवेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ चयन भएका छन् भने सदस्य सचिवमा अमृत तामाङ रहेका छन ।

त्यसैगरी सहसचिवहरुमा कुमार फत्र लिम्बु र रणधोज खाम्दाक रहेका छन् । यसैगरी उक्त कार्यक्रमले ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ईलाम जिल्ला संयोजन समिति गठन भएको जनाइएको छ ।

कार्यक्रममा मोर्चाका नेताहरु डकेन्द्र सिंह थेगिम, ज्ञान बहादुर गुरुङ्, खगेन्द्र माखिम, मा राजकुमार नाल्बो, एल।बी। पालुङ्वा, टुपेन्द्र एक्तेन, भवि तुम्सा, गंगा सेर्मा राई, शुस्मा राई र शर्मिला आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार